काठमाडौं महानगरद्धारा १८ अर्ब ९५ करोडको बजेट बिनियोजन, आर्थिक विकास क्षेत्रतर्फ ५५ करोड

असार १०, काठमाण्डौ । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ का लागि १८ अर्व ९५ करोड ७७ लाख १२ हजार रुपैयाँको बजेट बिनियोजन गरेको छ । नगरसभाको नवौं अधिवेशनमा उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) ले बजेट प्रस्तुत गरेकी हुन् ।

बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ३ अर्ब ७५ करोड ७७ लाख, आर्थिक विकास क्षेत्रतर्फ ५५ करोड, सामाजिक विकासतर्फ २ अर्ब ७० करोड, पूर्वाधार विकासतर्फ १० अर्ब ८० करोड र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १ अर्ब १५ करोड प्रस्ताव गरिएको छ ।

संम्बन्धित समचार

Leave a Reply