असार १०, काठमाडौ । प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनले आन्दोलन गरेका छन् । गठबन्धनमा आवद्ध दलका भातृ संगठनहरुले आज काठमाडौंमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनीमार्गमा सहभागीहरुले असंवैधानिक कदम खारेज गर, विधिको शासन कायम गर लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।