लोक सेवा आयोगको रोकिएका परीक्षा साउन १५ देखि सञ्चालन गर्ने तयारी

असार १६, काठमाडौ । लोक सेवा आयोगले कोरोना महामारीका कारण रोकिएका सम्पूर्ण परीक्षा साउन १५ गतेदेखि सञ्चालन गर्ने तयारी गरेको छ । आयोगमा पदाधिकारी नियुक्त भएपछि स्थगित भएका सम्पूर्ण परीक्षा सञ्चालनको तयारी गरिएको हो ।

हालै सम्पन्न आयोग पदाधिकारीको बैठकले यसअघि रोकिएका सबै परीक्षा परीक्षा साउन १५ देखि असोज २५ गतेसम्म सक्ने निर्णय गरेको हो । यसअघि सूचना प्रकाशित गरेर पनि कतिपय परीक्षा स्थगित भएका थिए । आयोग पदाधिकारीविहीन हुँदा पनि परीक्षा सञ्चालनमा कठिडनाइ भएको थियो । पदाधिकारी नियुक्ति भएपछि सहज हुने बताइएको छ ।

संम्बन्धित समचार

Leave a Reply