समृद्धि फाइनान्सको अवितरित हकप्रद शेयर आज बाँडफाँट

असार २२, काठमाण्डौ ।समृद्धि फाइनान्सको असार ३ गतेदेखि लिलामी बिक्रिमा ल्याएको अवितरित हकप्रद शेयर आज बाँडफाँट भएको छ । कम्पनीले १३ लाख ८० हजार ७१८ कित्ता संस्थापक शेयर लिलामी विक्रि खुल्ला गरेको थियो । कम्पनीले आज शेयर खरिदको लागि बोलपत्र पेश गरेका शेयरधनीहरुलाई २ लाख ४५ हजार १६० कित्ता शेयर बाँडफाँट गरेको हो । बाँडफाँटमा नपरेको शेयर आज देखि नै सम्बन्धित आवेदकको बैंक खातामै रकमान्तर गर्ने बैंकले जनाएको छ ।

 

संम्बन्धित समचार

Leave a Reply