युरोकप फुटबल २०२० को उपाधी इटालीले जित्यो !

असार २८, काठमाण्डौ । युरोकप फुटबल २०२० को उपाधी इटालीले उचालेको छ । ५३ वर्षपछि इटालीले इङ्ल्याण्डकै घरेलु मैदानमा इङ्ल्याण्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै उपाधी जितेको हो ।

अतिरिक्त समयसम्म पनि खेल १-१ गोलको बराबरीमा टुङ्गिएपछि पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुटआउटमा इङ्ल्याण्डले आफ्नो अन्तिम तीनवटा पेनाल्टी गोल गर्नबाट चुकेपछि घरेलुमैदानमै इङ्ल्याण्डले पराजय भोगेको हो ।
निर्धारित ९० मिनेटको खेलसँगै अतिरिक्त समयसम्म पनि दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको हो । पेनाल्टी सुटआउटमा इङ्ल्याण्डले आफ्नो तीन पेनाल्टी लगातार मिस गर्दा इटालीले आफ्नो दोस्रो युरोपियन उपाधी उचालेको हो । सन् १९६८ मा आफ्नो पहिलो उपाधी जितेको इटालीले ५३ वर्षपछि युरोपियन महादेशीय उपाधी जितेको हो ।

घरेलु मैदानमा घरेलु समर्थकमाझ इङ्ल्याण्ड पराजित हुँदा उपाधी होम नभई रोम गएको छ । युरोकप फाइनलको इतिहासमा पेनाल्टी सुटआउटबाट खेलको छिनोफानो भएको यो दोस्रो खेल हो । यसअघि १९७६ को युरोकप फाइनलमा पेनाल्टीमार्फत चेकस्लोभाकियाले जर्मनीलाई पराजित गरेको थियो ।

यसैबीच पोर्चुगलका स्टाइकर क्रिष्टियानो रोनाल्डोले २०२० युरोकपको गोल्डेनबुटको उपाधी जितेका छन् । उनले खेल अवधिभर व्यक्तिगत पाँच गोल गरेवापत यो उपाधी जितेका हुन् । त्यस्तै इटालीका गोलरक्षक जियान लुइजी डोनारूम्मा युरोकप २०२० का सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

संम्बन्धित समचार

Leave a Reply