चालु आवमा सरकारद्धारा पुँजीगत खर्च ६० प्रतिशत मात्र !

असार २८, काठमाडौं । चालु आर्थिक वर्षमा पनि सरकारले पुँजीगत खर्च ६० प्रतिशत भन्दा बढी गर्न नसक्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले ७१ प्रतिशत पुँजीगत खर्च हुने अनुमान गरेका थिए । तर, गत शुक्रबारसम्ममा मात्र ५४.५७ प्रतिशत पुँजीगत खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

चालू आर्थिक वर्ष सकिन तीन दिनमात्र बाँकी छ । सरकारको आफैंले गरेको २० प्रतिशतभन्दा बढी असारमा खर्च नगर्ने निर्णय लत्याएर बजेटरी अनुशासन पालना नगरेको अर्थविद्हरु बताउँछन् ।
विगत १२–१५ वर्षदेखि असारमा मात्रै ४० प्रतिशत भन्दा बढी पुँजीगत खर्च हुने गरेको भन्दै त्यो खर्च भएको रकमको गुणस्तर हेर्नुपर्ने विज्ञहरु बताउँछन् ।

सरकारले चालु आर्थिक वर्षमा ३ खर्ब ५२ अर्ब पुँजीगत खर्च गर्ने लक्ष्य लिएको थियो । तर, आर्थिक वर्षको अन्त्य हुन ५ दिन बाँकी रहँदा १ खर्ब ९२ करोड खर्च गरेको छ ।

संम्बन्धित समचार

Leave a Reply