नेकपा एमालेमा देखिएको विवाद समाधानको १० बुँदे सहमति स्थायी कमिटीमा लगिने

असार २८, काठमाडौ । नेकपा एमालेमा देखिएको विवाद समाधानका लागि संस्थापन पक्ष र नेपाल पक्षबीच भएको १० बुँदे सहमतिलाई पार्टी स्थायी कमिटीमा लगिने भएको छ । कार्यदलको बैठकले पार्टी एकताका लागि जुटाएको सहमति आज बस्ने स्थायी कमिटी बैठकमा प्रस्तुत गरिने तयारी भइरहेको कार्यदलका एक संयोजक सुवासचन्द्र नेम्वाङले जानकारी दिनु भएको छ । कार्यदलका संयोजक नेम्वाङका अनुसार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालसँग पटकपटक गँभीर परामर्श गरी १० बुँदे सहमतिको दस्तावेज तयार पारिएको हो ।

पार्टीको बृहत्तर हितको पक्षमा रहेकाले यसैलाई आधार बनाएर अघि बढिने नेम्वाङको भनाइ छ । अदालतमा विचाराधिन मुद्धासँग यसले केही प्रभाव नपार्ने र पार्टी संस्थागत निर्णय बमोजिम एकढिक्का भई अघि बढ्ने मूल मर्म सहमतिको रहेको जानकारी नेम्वाङले दिए ।

कार्यदलका सदस्य गोकर्ण विष्टले बरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपालसँगको परामर्शबाट सहमतिमा पुगिएकाले अव पार्टी प्रचलित विधि र प्रक्रियाबाट चल्ने बताए । नेता विष्टले अध्यक्ष ओली र बरिष्ठ नेता नेपालवीच स्थायी कमिटी बैठक अघि आजै भेटघाट हुनसक्ने बताए ।

 

संम्बन्धित समचार

Leave a Reply