मनकामना स्मार्ट लघुवित्तको आईपीओ बाँडफाँट : २ जनाले पाए ११ कित्ता ! [नतिजा हेर्ने लिंकसहित]

असार २८, काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । असार २५ गते शुक्रवार प्रि–अलोटमेण्ट गरेको कम्पनीको आईपीओको अन्तिम बाँडफाँट सोमवार विहान भएको हो ।

विक्री प्रबन्धक एनएमबि क्यापिटलको नक्साल, काठमाडौंमा रहेको कार्यालयमा १९ लाख ५१ हजार ५२१ जना योग्य आवेदकहरुलाई गोलाप्रथाको माध्यमबाट आईपीओ बाँडफाँट गर्दा न्यूनतम १० कित्ताका दरले ३६ हजार ३४९ जना आवेदकहरुले शेयर हात पारेका छन् । पहिलो चरणमा बाँडफाँट गरी बाँकी रहेको २ कित्ता शेयर यी मध्य २० कित्ताभन्दा बढी माग गर्ने दुई जना आवेदकलाई गोलाप्रथाको माध्यमबाट फेरी एक एक कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ । यसरी हेर्दा कम्पनीको आईपीओ बढीमा ११ कित्तासम्म बाँडफाँट गरिएको छ ।

रिजल्ट हेर्न तलको लिंक क्लिक गर्नुहोस् :

https://iporesult.cdsc.com.np/

संम्बन्धित समचार

Leave a Reply