आचार्य श्रीनिवास भन्ने दिनेश पण्डित पुर्पक्षका लागि जेल चलान !

जेठ १७,मोरङ । आचार्य श्रीनिवास भन्ने दिनेश पण्डितलाई हिजो पुर्पक्षका लागि जेल चलान गरिएको छ । प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको इजलासले हातहतियार खरखजाना ऐन २०१९ को दफा २४ को (क) बमोजिम पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेपछि उनलाई झुम्का कारागार पठाइएको हो ।

आफैंलाई गोली हान्न लगाएर हिन्दुराज्य स्थापनाका लागि आन्दोलन गराउन असफल प्रयास गरेको अभियोगमा आचार्य पक्राउ परेका थिए ।

यस्तै, आचार्यलाई गोली हान्ने उनकै अंगरक्षक चितवन भरतपुर महानगरपालिका बेलचोकका २९ वर्षीय रोशन भन्ने माधव चौधरी र गोली र पेस्तोलको व्यवस्थापन गर्ने नवलपरासीको गैंडाकोट नगरपालिका–५ का ३२ वर्षीय खान र सन्तोष भन्ने लक्ष्मीराज अधिकारीलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए ।

संम्बन्धित समचार

Leave a Reply