एन्फा कार्यकारी समितिको आपतकालीन बैठक आज

साउन १५, काठमाडौ । अखिल नेपाल फुटबल संघ एन्फाको कार्याकारी समितीको आपतकालिन बैठक बस्दैछ । सातदोबाटो स्थित एन्फा मुख्यालयमा आज दिउँसो ४ बजेलाई समितिको बैठक बोलाइएको हो । बैठकमा मुख्य दुई वटा विषयलाई मुख्य एजेन्डा बनाइएको एन्फाका प्रवक्ता किरण राईले बताए ।

जसमा पहिलो प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको प्रकरणको सन्दर्भमा र दोस्रो साफ फुटबल आयोजनाको सन्दर्भमा रहने छ । आधिकारिक राजीनामा नदिए पनि अलमुताइरी प्रकरणलाई बढी चासोका रुपमा हेरिएको छ ।

संम्बन्धित समचार

Leave a Reply