माओवादी केन्द्रको साउन ३० गते केन्द्रीय कमिटी बैठक बस्ने

साउन १७, काठमाण्डौ । नेकपा माओवादी केन्द्रले आगामी साउन ३० गते केन्द्रीय कमिटी बैठक बोलाउन निर्णय गरेको छ । आज बसेको पार्टीको स्थायी कमिटी बैठकले सो निर्णय गरेको हो । साउन २० गतेका लागि बैठक बोलाउने भनिएपनि १० दिन समय सारेर साउन ३० गते बैठक बोलाउने निर्णय गरेको हो ।

त्यसैगरी साउन ३० भित्र सबै वडामा पार्टीको वडा कमिटी गठन गरेर त्यसको रिपोर्ट बैठकमा आउँदा केन्द्रीय सदस्यले अनिवार्य ल्याउनु पर्ने बताइएको छ । केन्द्रीय कमिटी बैठक बोलाउन र त्यसको एजेण्डाबारे छलफल गर्नका लागि आज स्थायी कमिटी बैठक बसेको थियो ।

 

संम्बन्धित समचार

Leave a Reply