युनियन लाईफ इस्योरेन्सको सोमवारदेखि शेयर कारोबार हुने

साउन १८, काठमाडौं । आइतवार युनियन लाईफ इन्स्योरेन्सको आईपीओ नेपाल स्टक एक्सचेञ्ज नेप्से मा सुचीकृत भएको छ । कम्पनीले संस्थापक र सर्वसाधारण तर्फको कुल २ करोड १५ लाख कित्ता आईपीओ सूचीकृत गराएको हो ।

पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता रू ११५ दशमलव १३ देखि रू ३४५ दशमलव ३९ सम्मको मूल्य रेञ्ज तोकेको छ । कम्पनील सर्वसाधारणमा रू। ६४ करोड ५० लाख बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ वितरण गरेको हो । कम्पनीको संस्थापक तर्फ ७० प्रतिशत अर्थात रू। १ अर्ब ५० करोड ५० लाख बराबरको स्वामित्व कायम रहेको छ ।

संम्बन्धित समचार

Leave a Reply