नेपालकै कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ

साउन १८, काठमाडौ । पाँच दलीय गठबन्धन बनाउन र केपी शर्मा ओलीको सरकार ढाल्न मुख्य भूमिका खेल्न माधवकुमार नेपालकै कारण मन्त्रिपरिषद् विस्तारमा पटक पटक ढिलाइ भएको छ । पार्टीभित्रको आन्तरिक विवादको विषयलाई लिएर नेपालले आइतबार पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई फोन गरेर मन्त्रिपरिषद् विस्तारमा रोक लगाएका हुन् ।

नेपाल पक्षका तीन सांसदले देउवालाई भेटेर आफूहरूलाई मन्त्री बनाउनु पर्‍यो भनेका थिए। त्यही कुरा लिएर उनीहरूले नेपाललाई भेटेपछि आफ्नै समूहमा फाटो आउन सम्भावना देखेर नेपालले आइतबार देउवालाई फोन गर्नुभएको हो’, नेपाल निकट स्रोतले भन्यो ।

आइतबार बिहान माओवादी अध्यक्ष प्रचण्डले समेत सरकारमा जाने नजाने विषय चाँडो टुङ्ग्याउनुपर्ने भन्दै दबाब दिएका बेला नेपालले देउवालाई फोनबाट मन्त्रिपरिषद् विस्तारमा रोक लगाएका हुन् । देउवा नेतृत्वको सरकारका सहभागी हुन गरेको पटक पटक आग्रहलाई नेता नेपालले विवाद मिले पार्टीमै रहने नत्र सरकारमा आउने सन्देश दिँदै आइतबारको मन्त्रिपरिषद् विस्तारमा रोक्न भनेका थिए ।

संम्बन्धित समचार

Leave a Reply