एमाले स्थायी कमिटी बैठक सोमबार पनि बस्दै

साउन १८, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक सोमबार पनि बस्दैछ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा पार्टीभित्रको विवाद, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुने पार्टी कार्यालय स्रोतले जनाएको छ ।

यसअघि आइतबार बसेको बैठकल साउन २४ गतेका लागि केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरिसकेको छ । त्यस्तै भदौ २७ र २८ गते पार्टीको विधान महाधिवेशन गर्ने प्रस्ताव पनि पारित गरेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने बैठकमा आन्तरिक एकताको प्रयासलाई कायम राखिने बताइएको छ ।

 

संम्बन्धित समचार

Leave a Reply