मन्त्रिपरिषद् विस्तारपछि ठूलो संख्यामा सचिव फेरबदल हुने !

साउन १८, काठमाडौ । मन्त्रिपरिषद् विस्तार लगत्तै ठूलो संख्यामा सचिवहरुको सरुवा गर्ने तयारी सरकारले गरेको छ । सरकारले केही दिन अघि मात्र ३ जना सचिवको सरुवा गरेको थियो ।
मन्त्रिपरिषद् विस्तार लगत्तै धेरैजसो मन्त्रालयमा सचिव सरुवा गर्ने सरकारको तयारी भएको स्रोतले बतायो । स्रोतले भन्यो, मन्त्री आएपछि मन्त्रीले आफूलाई सजिलो हुने गरी सचिव छानुन भनेर मन्त्रिपरिषद् विस्तारसम्म सचिव सरुवा गर्न ढिलो भएको हो ।

तर पनि बहालवाला सचिवहरुको चासो गृहमै छ । यसका लागि एक दर्जन भन्दा बढी बहालवाला सचिवहरुले गृहमन्त्री बालकृष्ण खाणकहाँ कुरा पुर्‍याइरहेका छन्। स्रोतले भन्यो, गृहमा सरुवा मिलाउन केही सचिवहरुले केही प्रधानमन्त्रीका निकटहरुसँग पनि भेटघाट बाक्लो पारेका छन् ।

 

संम्बन्धित समचार

Leave a Reply