ओली-नेपाल भेटवार्ता हुने तयारी

साउन १९,काठमाडौँ । नेकपा एमालेभित्रको विवाद समाधान गर्ने प्रयासस्वरुप मङ्गलबार पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ताको तयारी गरिएको छ । एमाले नेता सुवास नेम्वाङका अनुसार दुई नेताबीच आज भेटवार्ता गर्ने तय भएको हो । यद्यपी समय र स्थान भने तय भइसकेको छैन ।

पछिल्लो समय ओली र नेपाल सार्वजनिक कार्यक्रममा एक अर्काप्रति आक्रामक देखिएपनि विघटित कार्यदलका सदस्यहरुसहित दोस्रो तहका नेताहरूले भने पार्टी एकताका लागि निरन्तर पहल जारी राखेका छन् । दोस्रो तहका नेताहरू कै पहलका कारण ओली पक्षले माधव पक्षलाई स्पष्टीकरण सोधे पनि कारबाही अघि बढाएको छैन ।

संम्बन्धित समचार

Leave a Reply