प्रतिनिधि सभाको बैठक बस्दै

साउन १९,काठमाडौँ । संघीय संसद् अन्तरगत प्रतिनिधिसभाको आठौँ अधिवेशनको छैटौँ बैठक मंगलबार बस्दैछ । आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।

संघीय संसद्का महासचिव भरतराज गौतमका अनुसार आजको बैठकका दुईवटा सम्भावित कार्यसूचीहरू रहेका छन् । पहिलो कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७६/०७७ को मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने रहेको छ ।

दोस्रो कार्यसूचीमा तत्कालिन राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २०४८ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा दार्चुला क्षेत्र नम्बर २ बाट निर्वाचित सदस्य अकबरबहादुर बहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गर्ने रहेको छ । हाल नेपाल काँग्रेसमा रहेका सिंह ९० वर्षको उमेरमा गत साउन १५ गते निधन भएको थियो ।

 

(Visited 1 times, 1 visits today)

Related posts

तपाइलाइ कस्ताे लाग्याे ?