डा. जागेश्वर गौतमको सरुवा, कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालमा बस्नेत

साउन १९, काठमाडौं । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. जोगेश्वर गौतमको सरुवा भएको छ ।

उनलाई प्रसुती तथा स्त्रीरोग अस्पताल सरुवामा पठाइएको छ भने युनिफाइड केन्द्रीय अस्पतालमा डा. भुपेन्द्र बस्नेतलाई पठाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिएका छन् ।

यसअघि स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सोमबार गरेको सरुवालाई स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेबहादुर देउवाले रोकेका थिए । राज्यमन्त्री श्रेष्ठले डा. गौतमलाई प्रसुती तथा स्त्रीरोग अस्पताल सरुवा गरेरे युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारीमा ट्रमा सेन्टरका डा. रुद्र मरासिनीलाई पठाएका थिए । तर अब डा. भुपेन्द्रलाई पठाइएको छ ।

संम्बन्धित समचार

Leave a Reply