दार्चुला घटना : गृह मन्त्रालयको टोलीले आजबाट काम सुरु गर्ने

साउन २०,काठमाडौँ । भारतीय पक्षले तुइन चुडाइदिंदा महाकाली नदी तर्दै गरेका नेपाली युवक खसेर बेपत्ता भएको घटना छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको टोली दार्चुला पुगेको छ । गृहमन्त्रालयका सहसचिव जनार्दन नेपाल नेतृत्वको टोलीले आजबाट काम थालेको छ ।

१५ साउनमा व्यास गाउँपालिका-२ का जयसिंह धामी महाकाली नदी तर्ने क्रममा भारतीय एसएसबीले डोरी चुडाइदिएपछि उनी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए । सो घटना छानबिन गर्न गठित टोली मंगलबार जिल्ला आइपुगेको दार्चुला प्रहरी प्रमुख डीएसपी मनोहरप्रसाद भट्टले जानकारी दिए ।

संम्बन्धित समचार

Leave a Reply