लुम्बिनी प्रदेशमा साउन २७ गते विशेष अधिवेशन आह्वान

साउन १९,काठमाडौँ । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका छन् । उनले साउन २७ गते बुधबार १ बजे बैठक बस्नेगरी अधिवेशन आह्वान गरेका हुन् ।

संविधानको धारा १८३ को उपधारा ३ बमोजिम शेरचनले विशेष अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिव दुर्लभ कुमार पुनले मगरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

लुम्बीनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलको सरकार अल्पमतमा परेको विपक्षीहरुले दावी गरेका छन् । उनहरुले प्रदेशप्रमुख समक्ष केहीदिन अघिमात्रै विशेष अधिवेशनको माग राखेका थिए ।

संम्बन्धित समचार

Leave a Reply