सानिमा लाइफको आईपीओमा कति पर्यो आवेदन ? करिब १९ लाखले शेयर नपाउने !

साउन २५, काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि निष्काशनमा ल्याएको आईपीओमा आवेदन गर्नेको संख्यामा नयाँ रकर्ड कायम भएको छ । कम्पनीको आईपीओ हालसम्मकै सबै भन्दा धेरै २४ लाख भन्दा बढीको आवेदन परेको हो ।

कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धक प्रभु क्यापिटको अनुसार आइतबार सम्ममा २४ लाख १९ हजार १२७ जना आवेदकबाट करिब ३ अर्ब ६९ करोड रूपैयाँ बराबरको ३ करोड ६९ लाख ४३ हजार ४४० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ । यो सर्वसाधारणलाई छुट्टाएको ५४ लाख कित्ताको ६.८४ गुणा बढी हो ।

 

संम्बन्धित समचार

Leave a Reply