मैलुङ खोला जलविद्युत कम्पनीले भोली आईपीओ बाँडफाँड गर्ने

साउन २५,काठमाडौँ । मैलुङ खोला जलविद्युत कम्पनीको प्राथमिक शेयर (आईपीओ) भोलि मंगलबार बाँडफाँड हुने भएको छ ।बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले सोमबार प्रिअलटमेन्ट सकेर कम्पनीको शेयर मंगलबार शेयर बाँडफाँट गर्न लागेको हो ।

क्यापिटलका अनुसार कम्पनीको आईपीओमा २१ लाख १८ हजार ९२५ जना आवेदकबाट २ करोड ८५ लाख ४१ हजार ८४० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ ।

गोलाप्रथबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण गर्दा ६६ हजार ८७४ जनाले मात्रै शेयर पाउनेछन् । त्यस अनुसार २० लाख ५२ हजार जना भन्दा बढी आवेदकको हात खाली हुने देखिएको छ ।

संम्बन्धित समचार

Leave a Reply