मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ बाँडफाँट, तपाइलाई पर्‍यो कि परेन ?

साउन २६, काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीको साधारण सेयर आईपीओ बाँडफाँट भएको छ । कम्पनीले साउन १४ गतेदेखि १९ गतेसम्म सर्वसाधारणमा ६ लाख ८४ हजार ७४६ कित्ता आईपीओ विक्री गरेको थियो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले मंगलबार बाँडफाँट गरेको हो ।

आईपीओमा २० लाख ६७ हजार ९६७ जनाले आवेदन दिएका थिए । जसमध्ये २ हजार ८४३ जनाको आवेदन रद्द भएको थियो। स्वीकृत आवेदनमध्ये ६८ हजार ४७४ जनालाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ। जसमध्ये ६ जनाले थप १ कित्ता अर्थात कुल ११ कित्ता सेयर हात पारेका छन् । कम्पनीले कुल सात लाख ३६ हजार २८६ कित्ता आईपीओ जारी गरेको हो ।

प्रतिकित्ता एक सय रुपैयाँ अङ्कति कुल सात करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको सात लाख ३६ हजार २८६ कित्ता आइपिओ निष्कासनको लागि असार २३ गते धितो पत्र बोर्डबाट अनुमति पाएको थियो ।

 

संम्बन्धित समचार

Leave a Reply