३ दिनपछि मन्त्रिपरिषद विस्तार गर्ने देउवाको तयारी

भाद्र १०,काठमाडौँ । असार २९ मा सरकारको नेतृत्व गरेका काँग्रेस सभापति शेरबहादुर देउवाले भदौ १४ मा मन्त्रिपरिषदलाई पूर्णता दिने भएका छन् ।

आफु प्रधानमन्त्री नियुक्त भएपछि उनले काँग्रेस र माओवादीबाट दुई–दुई मन्त्री बनाएका साउन १० मा एकजना राज्यमन्त्री नियुक्त गरेका थिए । करिब साढे १ महिनादेखि प्रधानमन्त्री देउवाले ५ जना मन्त्रीको भरमा सरकार सञ्चालन गरिरहेको अवस्था छ ।

गठबन्धनमा सामेल माधव नेपाल र उपेन्द्र यादवको पार्टीगत लफडाले देउवाले मन्त्रिमण्डललाई पूर्णता दिन सकेका थिएनन् ।

बुधबार माधव नेपालको पार्टी पनि दर्ता भएपछि तत्काल मन्त्रिपरिषद विस्तार हुने अपेक्षा थियो । तर, उपेन्द्र यादवले भदौ १४ गतेसम्म मन्त्रिमण्डल विस्तार रोकिदिन आग्रह गरेको खुलेको छ ।

भदौ ७ गते अपरान्ह ४ बजे प्रधानमन्त्रीको निवास बालुवाटार पुगेर यादवले आफ्नो पार्टीको अभिमुखीकरण कार्यक्रमसम्म मन्त्रिमण्डल विस्तार नगर्न देउवालाई आग्रह गरेका थिए । भदौ ११ गते मन्त्रिपरिषद विस्तारको तयारीमा जुटेका देउवालाई यादवले तीन दिनको समय मागेका थिए ।

प्रधानमन्त्री देउवाले पनि तीनदिन पर्खने कुरामा सहमति जनाएको स्रोतको भनाइ छ । एक मन्त्रीका अनुसार गठबन्धन सम्वद्ध पार्टीका शीर्ष नेतासँगको सहमति बेगर निर्णय नलिने प्रधानमन्त्रीको नीति छ ।

 

संम्बन्धित समचार

Leave a Reply