एकीकृत समाजवादी संसदीय दलको नेतामा नेपाल सर्वसम्मत चयन

भदौ १३, काठमाडौं । नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन् ।

नयाँ दल दर्ता भएपछि आइतबार बसेको संसदीय दलको पहिलो बैठकले अध्यक्ष नेपाललाई सर्बसम्मत अध्यक्ष चयन गरेको हो ।

यस्तै राष्ट्रियसभा संसदीय दल नेतामा स्थायी कमिटी सदस्य बेदुराम भुसाल चयन भएका छन् । अरु पदाधिकारीहरु भने पछि चयन हुने सांसद विरोध खतिवडाले जानकारी दिए ।

संसदीय दलको बैठकले विधान मस्यौदा समिति बनाएको छ । भवानी खापुङ, शेरबहादुर कुँवर, निरादेवी जैरु, ठगेन्द्रप्रकाश पुरी र लक्ष्मी चौधरी समिति छन् ।

संम्बन्धित समचार

Leave a Reply