डलरको भाउ ओरालो लाग्यो, आजको विनिमय दर कति छ ?

भाद्र १५,काठमाडौँ । गत सातको शुक्रबार यता अमेरिकी डलरको भाउ निरन्तर घट्न थालेको छ । शुक्रबार एक अमेरिकी डलरको बिक्री दर ११९.०५ रुपैयाँ र खरिद दर ११८.४५ रुपैयाँ थियो । जुन, त्यसयता निरन्तर घट्दै आज एक अमेरिकी डलरको बिक्री दर ११७.५२ र खरिद दर ११६.९२ रुपैयाँमा आइपुगेको छ ।

यो, शुक्रबार यता डलरको मूल्यमा १.५३ रुपैयाँको गिरावट आएको हो । यसले नेपाली मुद्रा डलरसामु बलियो बनिरहेको देखाउँछ । खासगरी, भारतीय मुद्रा डलरसामु बलियो बन्दै जाँदा नेपालको मुद्रा पनि बलियो बनेको हो । नेपाल र भारतको मुद्राबीच स्थिर बिनिमयदर रहेको छ । जसकारण, डलरसँग भारतीय मुद्रा कमजोर बने नेपाली मुद्रा पनि कमजोर बन्छ र भारतीय मुद्रा बलियो बन्दा नेपालको मुद्रा पनि बलियो स्थितीमा पुग्छ ।

यसैगरी, आज एक यूरोको बिक्री दर १३८.६१ र खरिद दर १३७.९० रुपैयाँ तथा एक पाउण्ड स्टर्लिङको बिक्री १६१.६० र खरिद दर १६०.७८ रुपैयाँ कायम भएको छ । यसका साथै, आज एक स्वीस फ्रयांकको बिक्री १२८.४५ र खरिद १२७.८० छ भने सिंगापुर डलरको बिक्री ८७.३२ मा हुँदा खरिद ८६.८७ रुपैयाँमा भइरहेको छ ।

यता जापानी १० येनको बिक्री १०.७० र खरिद १०.६४ रुपैयाँमा भइरहेको राष्ट्र बैंकले जानकारी दिएको छ । यसैगरी, साउदी रियालको बिक्री ३१.३३ र खरिद ३१.१७ रुपैयाँ, कतारी रियालको बिक्री ३१.८२ र खरिद ३१.३६ रुपैयाँ छ । यसका साथै, आज संयुक्त अरब इमिरेट्सको दिरामको बिक्री दर ३१.९९ कायम हुँदा खरिद दर ३१.८३ रुपैयाँमा भइरहेको छ । बैंकले आज मलेसियन रिंगटको बिक्री २८.२७ र खरिद भाउ २८.१३ रुपैयाँ कायम गरेको छ ।

संम्बन्धित समचार

Leave a Reply