अझै केही दिन मन्त्रिपरिषद् विस्तार नहुने नेपालको संकेत

भदौ १७, काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अझै केही दिन मन्त्रिपरिषद् विस्तार नहुने संकेत गरेका छन् ।

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु निरन्तर छलफलमा जुटेपनि मन्त्रालय भागबण्डा मिल्न सकेको छैन ।

बिहीबार पनि प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच तथा प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको थियो ।

भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले समसामयीक विषयमा कुराकानी भएको बताए ।

संम्बन्धित समचार

Leave a Reply