राष्ट्रपति भण्डारीद्वारा संघीय संसद्‌को अधिवेशन आह्वान

भाद्र १९,काठमाडौँ । राष्ट्रपति बिद्यादेवी भण्डारीले संसद अधिवेशनको आह्वान गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा भदौ २३ गते बुधबार दिउँसो ४ बजेका लागि राष्ट्रपति भण्डारीले संघीय संसद्‌को दुवै अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा (३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/५र१९ को सिफारिसमा सम्वत् २०७८ साल भदौ २३ गते बुधबारका दिन १६:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा संघीय संसद्‌को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।’

संम्बन्धित समचार

Leave a Reply