नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आज

भदौ २०, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आज आइतबार भारतसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भारतसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र भारतबीचको खेल अपरान्ह ५:३० बजे हुनेछ ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेलिरहेको हो । साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १६ ९असोज १५ देखि ३०० गतेसम्म आयोजना हुने तालिका रहेको छ।

नेपाल र भारतबीचको पहिलो खेल १-१ गोलको बराबरीमा सकिएको थियो ।

घरेलु दर्शकसामु खेलको ३६ औं मिनेटमा अन्जन विष्टले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ६० औं मिनेटमा अनिरुद्ध थापाले गोल गर्दै भारतलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।

पहिलो खेल बराबरीमा सकिएको कारण दुबै टिम दोस्रो खेलमा स्पस्ट जित निकाल्ने योजनामा रहेका छन् । दुबै टोलीका प्रशिक्षकले दोस्रो खेलमा कमीकमजोरी सुधार गर्दै जित निकाल्ने बताएका थिए ।

नेपालको यस खेल भारतसँगको २१ औं खेल हुनेछ । तर, भारतविरुद्धको हेड टु हेडमा समेत नेपाल निकै पछि रहेको छ । हालसम्म भारतले १३ खेल जितेको छ। नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ ।

नेपालले पछिल्लो पटक २०१३ को साफ च्याम्पियनसिपमा भारतलाई हराएको थियो ।

अनिल गुरुङ र जुमानु राईले गोल गरेपछि दशरथ रंगशालामा नेपालले भारतलाई २-१ ले हराएको थियो । त्यसपछि नेपालले भारतलाई हराउन सकेको छैन ।

संम्बन्धित समचार

Leave a Reply