महालक्ष्मी बैंकले ग्राहकको सुन फिर्ता गर्यो

भाद्र २०,काठमाडौँ । महालक्ष्मी विकास बैंकले ऋणीको सुन फिर्ता गरेको छ । एक विज्ञप्ती निकालेर सुन फिर्ता दिएको बैँकले जानकारी दिएको छ । यसअघि बैंकले ऋणीले सम्पूर्ण रकम चुक्ता गरिसक्दा पनि धितोको रुपमा राखेको सुन नक्कली भएको भन्दै फिर्ता दिन आनाकानी गरेको ग्राहकको आरोप थियो ।

‘शुक्रवार ऋणीले कर्जाको सम्पूर्ण साँवा व्याज भुक्तानी गरी धितोमा राखिएको सुन बुझिलिनु भएको व्यहोरा जानकारी गराउँदछौं । बैंक आफ्ना ग्राहकहरूप्रति सधैं संवेदनशील रहने र भविष्यमा पनि ग्राहक महानुभावहरुको हितलाई मध्यनजर गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्दर्छौ,’ बैंकले विज्ञप्तिमार्फत भनेको छ ।

कुमारीपाटी शाखामा सुन धितो राखेर कर्जा लिएकी ललितपुर, ईमाडोलकी विष्णु महर्जनले कर्जा चुक्ता गरेपनि धितो फिर्ता लिन केही ढिलोमात्रै भएको बैंकको दावी छ। ‘बैंक कर्जाको निश्चित विधि र प्रक्रिया पूरा गर्ने क्रममा लागेको समयलाई लिएर बैंकले ऋणीको धितोको सम्पत्ति नै नदिन खोजेको आशयको समाचार प्रकाशित हुनु आश्चर्यको विषय हो’, बैंकको दावी छ ।

महर्जनले २०७२ मा ऋण लिँदा २५ तोला सुन धितोमा राखेर १५ लाख ऋण लिएकी थिइन् । ५ वर्षपछि ऋण चुक्ता गरेर सुन फिर्ता माग्दा बैंकले सुन नक्कली भएको जवाफ दिएको उनको जिकिर थियो।

संम्बन्धित समचार

Leave a Reply