२ प्रमुख,२ उपप्रमुख १४ वडा अध्यक्षसहित धादिङमा ८५ जनप्रतिनिधि नेकपा (एस)मा

भाद्र २२, धादिङ । धादिङमा नेकपा (एमाले)बाट निर्वाचित ८५ जना जनप्रतिनिधिले माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् । उनीहरुले जिल्ला निर्वाचन कार्यालय धादिङमा पुगेर नेकपा (एस) पार्टीमा सनाखत गरेका हुन् ।

नेकपा एमाले छाडेर नेकपा (एस) रोज्नेहरुमा धुनिवेसी नगरपालिकाका मेयर बालकृष्ण आचार्य, उपमेयर निरु खरेल, गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठ र गजुरी गाउँपालिकाका उपाध्यक्ष सीता ढुंगाना रहेका छन् । त्यस्तै गरी, १४ जना वडा अध्यक्षले पनि नेकपा (एस)मा सनाखत गरेका छन् ।

कार्यपालिका सदस्य र वडा सदस्य गरी ६७ जनाले जिल्ला निर्वाचन कार्यालयमा पुगेर नेकपा (एस)मा हस्ताक्षर गरेका छन् । त्यस्तै गरी, सनाखत फिर्ताका लागि ६ जनाले निवेदन दिएको निर्वाचन अधिकारी सन्तोष श्रेष्ठले जानकारी दिए ।

नेकपा (एस) रोज्ने वडाअध्यक्षहरु:

थाक्रे गा.पा ७ का रामकुमार बस्नेत, गल्छी गा.पा ६ का राजन श्रेष्ठ, गजुरी गा.पा २ का चुडामणी कँडेल, ७ का केशव अधिकारी, ज्वालामुखी गा.पा १ का रामप्रसाद सिलवाल, ५ का कृष्ण काप्रि, ६ का अर्जुन अर्याल, धुनिबेसी नगरपालिका १ का चन्द्र तामाङ, ४ का हरी सुवेदी, ९ का साईला राई, वेनिघाटरोराङ गा पा २ का टंक थापा, ९ का शुरेश मल्ल,रुवीभ्याली गा.पा १ का मेन घले रहेका छन् ।

संम्बन्धित समचार

Leave a Reply