बागमतीमा को–को बन्दैछन् मन्त्री ? यस्तो छ सम्भावित सुची

भाद्र २३,हेटौडा । बागमती प्रदेशको मन्त्रिपरिषद् आज विस्तार हुँदैछ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज ५ मन्त्री र ४ राज्यमन्त्री नियुक्त गर्ने तयारी गरेकी छन् ।

मन्त्री छान्नका लागि मुख्यमन्त्रीको सरकारी निवासमा नेकपा एमालेको बैठक बस्दैछ । मुख्यमन्त्री शाक्यले आज ५ जना मन्त्री र ४ जना राज्यमन्त्रीसहित ९ जनालाई नियुक्त गरी मन्त्रिपरिषदलाई ११ सदस्यीय बनाउने तयारी गरेकी छन् ।

आज मन्त्रीमा नियुक्त हुने अधिकांश अनुहार नेकपा एमालेका तेस्रो धारमा रहेका सांसद नै रहने स्रोत बताउँछ । मन्त्री बन्नेहरुमा सिन्धुलीबाट निर्वाचित नेकपा एमालेका सांसद प्रदिप कटुवाल, रामेछाप निर्वाचन क्षेत्र भएका शान्तिप्रसाद पौडेल, दोलखाकी रचना खड्का र चितवनका विजय सुवेदी लगायतको नाम चर्चामा छ ।

त्यस्तै मकवानपुरबाट समानुपातिक तर्फकी सांसद जुनेलीमाया श्रेष्ठ पनि राज्यमन्त्री नियुक्त हुने स्रोत बताउँछ । नियुक्त हुने मनत्रीहरुको शपथ ग्रहण आज मध्याह्न १२ बजे गर्ने तयारी भइरहेको नेकपा एमालेका प्रमुख सचेतक दिपक निरौलाले जानकारी दिए ।

संम्बन्धित समचार

Leave a Reply