नेपाल र बंगलादेश भिड्दै

भदौ २४, काठमाडौँ । नेपालको महिला राष्ट्रिय फुटबल टिमले आज घरेलु मैदानमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । खेल बेलुकी साढे ५ बजे सुरु हुनेछ ।

एएफसी महिला एसियन कपको छनोट खेल्ने तयारीमा रहेको नेपालले बंगलादेशसँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्न लागेको हो । अर्को खेल आगामी आइतबार हुने छ ।

रंगशालामा नेपालको महिला सिनियर टिमले खेल्न लागेको यो पहिलो पटक हो । यसअघि सन् २०१६ डिसेम्बरमा मलेसियासँग नेपालले एन्फा कम्प्लेक्स सातदोबाटोमा खेलेको थियो । बंगलादेश–नेपालबीच अहिलेसम्म भएका खेलमा नेपालको प्रदर्शन माथि छ ।

तर, यसपल्ट नियमित खेलाडी सावित्रा भण्डारीको अनुपस्थितिमा नेपाली टोली केही दबाबमा हुने देखिएको छ । हालसम्म भएका ५ प्रतिस्पर्धामा नेपालले ४ जित र १ हार बेहोरेको छ ।

संम्बन्धित समचार

Leave a Reply