नुवाकोटमा अनलाईन कक्षा प्रभावकारी हुन सकेन्

भाद्र,नुवाकोट । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसका कारण लामो समयदेखि विद्यालय बन्द भएका छन् । सरकारले अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन दिए पनि अनलाइन कक्षा प्रभावकारी हुन सकेको छैन । राजधानीसँगै जोडिएको जिल्ला नुवाकोटमा अनलाइन कक्षा प्रभावकारी रुपमा सञ्चालन हुन नसकेको हो ।
कोरोना महामारी फैलिएपछि विद्यालयले अनलाइन कक्षा सञ्चालन गरेको भएपनि घरमा इन्टरनेट, मोबाइल, ल्यापटप नहुँदा मोबाइलको डाटा राम्रोसँग नचल्ने भएकाले अनलाइन कक्षामा सहभागिता जनाउन नसकिएको भैरम मा वि मा अध्ययनरत समिर खड्का बताउछन् ।

धरातलीय स्वरुपका कारण ग्रामिण क्षेत्रमा पर्याप्त इन्टरनेटको पहुँच पुग्न सकेको छैन । करिब ५ प्रतिशत विद्यार्थीको घरमा मात्र इन्टरनेटको पहुँच रहेको छ । बाँकी विद्यार्थीहरुसँग इन्टरनेट, मोबाइल, ल्यापटप नहुँदा अनलाइन कक्षामा सहभागिता हुने गरेका छैनन् । बर्षाको समय भएकाले पनि विद्यार्थीहरु खेतीपातीको काममा व्यस्त भएकाले अनलाइन कक्षा प्रभावकारी हुन नसकेको श्री भैरम मा वि का शिक्षक शालिकमणी आचार्य बताउछन् ।

शिक्षाले बालबालिकाको उज्जवल भविष्य निमार्ण गर्दछ । सञ्चारको पहुँच नपुग्दा अभिभावकहरुले अनलाइन कक्षामा आफ्ना बालबालिकालाई सहभागिता गराउन सकेका छैनन् । इन्टरनेट, मोबाइल, ल्यापटप नहुँदा अनलाइन कक्षामा विद्यार्थीहरु न्युन सहभागिता रहेपनि प्रभावकारी भने नभएको नारायणदेवि मा वि का शिक्षक बद्रीबृन्द गजुरेल बताउछन् ।

विदुर नगरपालिका ८ को भैरम मा वि र लिखु १ को नारायणदेवि मा वि को जस्तै समस्या देशभरीका अधिकांश विद्यालयहरुको रहेको छ । सरकारले अनलाइन कक्षा सञ्चालन गरे पनि सोचेजस्तो विद्यार्थी सहभागि भएका छैनन् । निरन्तर रुपमा कक्षामा सहभागि हुने विद्यार्थी संख्या अत्यन्त न्युन रहेको छ । विद्यालयले भौतिक दुरी कायम गर्दै बिद्यार्थीहरुलाई सहभागिता गराउन पाठशाला सिमकार्ड वितरण गर्दै आएपनि cug सिमकार्ड वितरणमा ढिलाइ भएका कारण उल्लेख्य मात्रामा विद्यार्थीहरु अनलाइन कक्षामा सहभागिता हुन सकेका छैनन् ।

सरकारले गुणस्तरीय शिक्षाका अवधारणा ल्याएपनि विद्यार्थी समक्ष प्रभावकारी बन्न सकेको छैन् । महामारीको समयमा अनलाइन कक्षालाई प्रभावकारी बनाउनका लागि सक्दो प्रयास गरिरहेको शिक्षा विकाश तथा समन्वय ईकाइ नुवाकोटले बताएको छ ।

संम्बन्धित समचार

Leave a Reply