सत्तारुढ गठबन्धनको बैठकलगतै मन्त्रिपरिषदको बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ भाद्र २५, शुक्रबार (२ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

भदौ २५, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले शुक्रबार विहान ११ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाएका हुन् ।

सत्तारुढ गठबन्धनको बैठक सकिएलगत्तै मन्त्रिपरिषद बैठक बोलाइएको सरकार प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए । सत्तारुढ गठबन्धनको बैठक ९ बजे प्रधानमन्‍त्रीको सरकारी निवास बालुवाटारमा बस्‍दैछ ।

बैठकमा सरकारलाई पूर्णता दिनेबारे छलफल हुने बताइएको छ । त्यस्तै आजको बैठकमा एमसीसीबारेमा साझा धारणा बनाउने बारेमा समेत छलफल गर्ने बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस