फतिमा र प्रचण्ड भेटवार्ताः एमसीसीमा राष्ट्रिय सहमति आवश्यक

भदौ २५, काठमाडौं । नेपाल भ्रमणमा रहेकी अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमारले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेकी छन् ।

शुक्रबार बिहान फतिमाको टोलीले खुमलटार पुगेर प्रचण्डसँग भेटवार्ता गरेको हो । भेटवार्तामा प्रचण्डको सचिवालयका प्रतिनिधि र एमसीसीका प्रतिनिधि सहभागी थिए । उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको हो ।

भेटमा प्रचण्डले एमसीसीको बारेमा थप बहस आवश्यक रहेको बताएको उनको सचिवालयले जनाएको छ । यो राष्ट्रिय बहसको विषय बनिसकेको भन्दै अध्यक्ष प्रचण्डले राष्ट्रिय सहमति बनाएरमात्रै यसलाई पारित गर्नु पर्ने आफ्नो पार्टीको धारणा रहेको बताए ।

भेटमा उपाध्यक्ष फतिमाले आफू कसैलाई दवाव दिन वा लबिङमा आएको नआएको बताउँदै एमसीसीको विषयमा अन्तर्क्रिया गर्न मात्र आएको जानकारी दिएको भेटलाई उद्धृत गर्दै प्रचण्डको सचिवालयले बताएको छ ।

फतिमाले बिहीबार नै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवसँग पनि भेट गरेकी थिइन् ।उनले आज प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मासहितलाई पनि भेट्ने कार्यक्रम छ ।

संम्बन्धित समचार

Leave a Reply