नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै

भदौ २६, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा विहान ९ बजे बैठक बस्न लागेको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

बैठकमा विधान महाधिवेशनका लागि प्रतिनिधि, दस्ताबेज र व्यवस्थापन तयारीबारे छलफल हुने एजेण्डा छ ।

एमालेले असोज ४, ५ र ६ गते काठमाडौंमा विधान महाधिवेशन गर्दै छ । एमालेले त्यसका लागि विधान संशोधनको मस्यौदा तल्लो कमिटीमा पठाएको थियो । तल्लो कमिटीले विधान संशोधनका सन्दर्भमा सुझाव पठाइसकेको उनको भनाइ छ ।

यस्तै चालू संसद् अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे पनि छलफल हुने तामाङले बताए ।

संम्बन्धित समचार

Leave a Reply