एकीकृत समाजवादीको जिल्ला अध्यक्षमा डा. पन्त

भदौ २६, चितवन । नेकपा (एकीकृत समाजवादी) को जिल्ला अध्यक्षमा डा. कृष्णराज पन्त चयन भएका छन् । शुक्रबार यहाँ आयोजना गरिएको संयुक्त बैठक एवं कमिटी रुपान्तरण कार्यक्रममा पन्तको अध्यक्षतामा २२५ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा अरुणपीडित भण्डारी, कृष्णराज न्यौपाने, सचिवमा कुलप्रसाद लामिछाने, सहसचिवमा दिव्या शर्मा आचार्यलाई चयन गरेको हो । अन्य पदाधिकारी र सचिवालय सदस्य भने जिल्ला कमिटीको बैठकले निर्णय गर्ने छ ।

यस्तै कार्यक्रमले समाजवादीको भरतपुर महानगरपालिका कमिटीसमेत गठन गरेको छ । महानगर कमिटीको अध्यक्षमा विष्णुराज महतो, उपाध्यक्ष केशवराज पोख्रेल, सहसचिवमा शोभा पण्डितलाई चयन गरेको हो । महानगर समिति १६८ सदस्यिय रहने सो अवसरमा जानकारी दिइएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य राजेन्द्र पाण्डेले निर्वाचन चुनाव चिह्नले जित्ने नभई जनताको मनले जित्न सकिने बताए ।

संम्बन्धित समचार

Leave a Reply