सरकारविरुद्ध थप रणनीति तय गर्न एमाले बोलायो संसदीय दलको बैठक

भदौ २७, काठमाडौँ । लगातार संसद अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्ष नेकपा एमालेले संसदीय दलको बैठक डाकेको छ । बैठक आज (आइतबार) दिउँसो १२ बजे बस्दै छ ।

सदनमा एमालेका सांसदहरुको भूमिकालाई थप स्पष्ट गर्न बैठक एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । शनिबार सम्पन्न स्थायी कमिटीले आज संसदीय दलको बैठक बोलाउने निर्णय गरेको हो ।

आजको बैठकमा संसद्मा नेकपा एमालेको भूमिका तथा पछिल्ला घटनाक्रम र विषयवस्तुबारे थप स्पष्ट पारिने भट्टराईले बताए ।

एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाइरहँदा उनले भने सदनको कारबाहीलाई अगाडि बढाएका छन् । शुक्रबार मात्रै एमालेको अवरोधका बीच बजेट सम्बन्धी अध्यादेश स्वीकृत गरी प्रतिस्थापन विधेयक प्रस्तुत गरिएको थियो ।

संम्बन्धित समचार

Leave a Reply