कोभिडविरुद्धको ’कोभिनाट्री’ खोपलाई आपतकालीन प्रयोगको अनुमति

भदौ २७, काठमाडौँ । नेपालमा कोरोना भाइरसविरुद्धको अर्को खोपले पनि आपतकालिन प्रयोगको लागि अनुमति पाएको छ ।

औषधि व्यवस्था विभागले कोभिड–१९ विरुद्धको खोप फाइजर बायोएनटेकको ’कोभिनाट्री’ खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको हो । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले खोप ल्याएर प्रयोग गर्नका लागि आपतकालीन अनुमति दिइएको बताए ।

कोभिडका खोपमध्ये फाइजर खोप धेरै देशमा प्रयोग भइरहेको खोप हो । सबैभन्दा अगाडी आएको र अमेरिकामा समेत यो खोप पहिलो रोजाइमा रहेको देखिन्छ ।

माइनस ७० डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्ने भएकोले नेपालमा अहिलेसम्म यस्तो खोपको प्रयोग अहिलेसम्म भएको थिएन । सरकारले १२ बर्ष माथिका बालबालिकालाई समेत प्रयोग गर्ने गरी ६० लाख डोज फाइजर खोप खरिद गर्ने योजना अघि सारेको छ ।

कोभ्याक्स सुविधाबाट समेत यो खोप नेपालले प्राप्त गर्ने बताइएको छ । अक्टोबरसम्म नेपालमा १ लाख डोज फाइजर खोप आउने यस अघि नै स्वास्थ्य सेवा विभागले जनाएको छ । त्यसका लागि नेपालमा कोभ्याक्स सुविधा अन्तर्गत युनिसेफले ४ वटा फ्रिजसमेत दिइसकेको छ ।

संम्बन्धित समचार

Leave a Reply