सर्वदलीय बैठक बस्दै, क-कसलाई छ निम्तो

भदौ २८, काठमाडौँ । नेकपा एमालेले लगातार संसद् अवरुद्ध गर्न थालेपछि सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । बैठक आज दिउसो साढे दुई बजे बस्दै छ ।

संसद्को अवरोध हटाउनका लागि निकास खोज्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएको सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानले जानकारी दिए । बैठक ल्होत्से हलमा बस्ने न्यौपानले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री एवं काँग्रेस संसदीय दलका नेता शेर बहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली, माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका संसदीय दलका नेता माधव कुमार नेपाल, जसपा संसदीय दलका नेता उपेन्द्र यादव र लोसपाका नेता महन्थ ठाकुरलाई बोलाइएको छ ।

यस्तै जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल र राप्रपाका राजेन्द्र लिङदेनलाई आमन्त्रण गरिएको छ ।

आइतबारको प्रतिनिधि सभा बैठकमा पनि एमाले सांसदले विरोध जनाएका थिए । दुई पटक बसेको प्रतिनिधि सभा बैठक चल्न नसकेपछि २९ भदौसम्मका लागि स्थगित गरिएको छ ।

यसअघि पनि एमाले सांसदले विरोध जनाउँदा प्रतिनिधि सभा बैठक चल्न सकेको थिएन । त्यस्तै, राष्ट्रिय सभा बैठक पनि एमाले सांसदको विरोधले अवरुद्ध भएको थियो ।

नेकपा एकालेले संसदमा सभामुखको भुमिकालाई लिएर बिरोध जनाएको छ । दल फुटाउन सभामुखले भुमिका खेलेको,  पार्टीले कारबाही गरेको १४ सांसदलाई सभामुखले सूचना टाँस नगरेको भन्दै विरोध जनाएको छ । एमालेले संसद अवरुद्ध गर्दै आएका छन् । त्यस्तै, बजेट प्रतिस्थापन विध्ययक ल्याएर आफ्नो सरकारले ल्याएको लोकप्रिय कार्यक्रम हटाएको भन्दै विरोध जनाएका छन् ।

संम्बन्धित समचार

Leave a Reply