विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजमा आज नेपाल र अमेरिका खल्दै

भदौ २८, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज आजबाट सुरु हुँदैछ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपालले आज अमेरिकाविरुद्ध खेल्दै सिरिजको सुरुवात गर्न लागेको छ । नेपाल र अमेरिकाबीचको खेल दिउँसो ४:१५ बजे सुरु हुनेछ ।

अमेरिकाविरुद्ध मैदान उत्रदा नेपाल सुखद सुरुवात गर्ने योजनामा हुनेछ । तर, बलियो प्रतिद्वन्दीविरुद्ध जित निकाल्न नेपाललाई सहज भने छैन ।

लिग–२ अन्तर्गत नै नेपालले यस अघि घरेलु मैदानमा अमेरिकासँग दुई खेल खेलेको थियो । नेपालले दुबै खेल जितेको थियो । जसको कारण नेपाल आत्मविश्वासी भएर मैदान उत्रनेछ । अमेरिका भने नेपालविरुद्ध बदलाको योजनामा हुनेछ ।

सन् २०२० को फेब्रुअरी १२ मा टियु क्रिकेट मैदानमा नेपालले अमेरिकासँग पछिल्लो पटक प्रतिस्पर्धा गरेको थियो । त्यस खेलमा नेपालले अमेरिकालाई ८ विकेटले हराएको थियो ।

अमेरिकाले दिएको ३६ रनको लक्ष्य नेपालले ५ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गरेको थियो ।

त्यसअघि फेब्रुअरी ८ मा भएको खेलमा नेपालले अमेरिकालाई ३५ रनले हराएको थियो । नेपालले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको अमेरिका ४४ ओभर १ बलमा अलआउट हुँदै १ सय ५५ रनमा समेटिएको थियो ।

उक्त सिरिजमा नेपाल ओमानसँगको दुबै खेलमा पराजित भएको थियो । ओमानसँग नेपाल पहिलो खेलमा १८ रन र दोस्रो खेलमा ८ विकेटले पराजित भएको थियो ।

नेपालले सिरिजको तयारीका लागि पपुवा न्युगिनी ९पीएनजी० सँग दुई एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेलेको थियो । जसमा नेपालले २-० ले क्लिन स्विप गर्यो ।

अमेरिकाले समेत पीएनजीविरुद्धको दुबै खेल जितेको थियो । त्यस्तै नेपालले दोस्रो खेलमा ओमानसँग मंगलबार प्रतिस्पर्धा गर्नेछ ।

नेपालले तेस्रो खेलमा अमेरिकासँग शुक्रबार प्रतिस्पर्धा गर्दा आफ्नो अन्तिम खेलमा नेपालले ओमानसँग आइतबार खेल्नेछ ।

लिग-२ को अंक तालिका:
यस अघि लिग–२ अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ ।

लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ ।

ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।

संम्बन्धित समचार

Leave a Reply