रियलको जितमा बेन्जिमाको ह्याट्रिक

भदौ २८, एजेन्सी । करिम बेन्जिमाको ह्याट्रिकमा रियल मड्रिडले शानदार जित निकालेको छ । आईतबार राति रियल मड्रिडले घरेलु मैदानमा सेल्टा भिगोलाई ५–२ गोल अन्तरले हरायो ।

खेलमा अग्रता पाहुना टोली सेल्टा भिगोले चौथो मिनेटमा मिना लोरेन्जोको गोलमा लिएको थियो । करिम बेन्जिमाले २४ औं मिनेटमा रियललाई बराबरीमा ल्याएका थिए ।

फ्रेन्को सर्विकले ३१ औं मिनेटमा पुन पाहुना टोलीलाई पुन अग्रता दिलाएका थिए । बेन्जिमाले दोस्रो हाफको पहिलो मिनेटमै गोल गर्दै रियललाई पुन बराबरीमा ल्याए ।

भिनिसियस जुनियरले ५४ औं मिनेटमा रियललाई अग्रता दिलाउने काम गरे । उनले बेन्जिमाकै पासलाई सदुपयोग गर्दै गोल गरेका थिए । एडुआर्डो कैमाविङ्गाले ७२ औं मिनेटमा रियलका लागि चौथो गोल गरे । खेल सकिन तीन मिनेट अघि बेन्जिमाले ह्याट्रिक पुरा गरेका थिए ।

रंगशाला पुनर्निमाणको काम अघि बढ्दा रियलको वर्नवेउमा खेल हुन पाएको थिएन । रंगशाला बनेपछि करिब ३० हजार दर्शक सहित रियलले सेल्टा भिगोविरुद्ध वर्नवेउमा आईतबार राति खेलेको हो ।

प्राप्त जितले रियललाई तालिकाको शीर्ष स्थानमा पुर्याएको छ । सेल्टा भिगो १ अंक सहित रेलिगेशन जोनमा छ ।

संम्बन्धित समचार

Leave a Reply