इजरायल जाने कामदारको भाषा परीक्षा आज

भदौ २८, काठमाडौँ । इजरायल जाने कामदारको भाषा परीक्षा आजदेखि हुँदैछ । आज एक दिनमात्रै हुने परीक्षाका लागि काठमाडौँमा १६ वटा परीक्षा केन्द्र तोकिएको वैदेशिक रोजगार विभागका निर्देशक डम्बरबहादुर सुनुवारले जानकारी दिए ।

उनकाअनुसार अंग्रेजी भाषामा हुने परीक्षामा ७ हजार ९ जना परीक्षार्थी सहभागी हुने भएका छन् । कुल ९ हजार ६ सय ९९ जनाले ुकेयर गिभरु को लागि इजरायल जान भाषा परीक्षामा सहभागी हुन आवेदन दिएका मध्ये ७ हजार ९ जनाले मात्र परीक्षा दिन पाउने भएका हुन् । जसमध्ये २६९० परीक्षार्थीको आवेदन अस्वीकृत भएको थियो ।

उनकाअनुसार दिउँसो १ बजेदेखि सुरु हुने परीक्षाको समय १ घण्टाको हुनेछ । साउन १२ गतेदेखि कामदारका लागि विज्ञापन खुलाएको थियो । विज्ञापन खुलाएको २१ दिनमा फारम लिने काम रोकेको थियो । छनोट समितिले २५ प्रतिशत बढी उम्मेदवारको नामावली तयार गर्छ । उक्त नामावली इजरायलको पीआईबीएलाई पठाइ सोको विवरण विभागको वेबसाइटमा राख्‍नुपर्नेछ । विभागले पठाएको सूचीका आधारमा पीआईबीएले अन्तिम उम्मेदवार छनोट गर्छ ।

अन्तिम छनोटमा परेका उम्मेदवारको करारनामामा हस्ताक्षर गरी इजरायलले विभागमा पठाउने छ । विभागले सम्बन्धित व्यक्तिको हस्ताक्षर गराएर श्रमिकलाई इजरायल पठाउनेछ । न्यूनतम मासिक करिब १६ सय डलर (डेढ लाख रुपैयाँ भन्दा बढी) पारिश्रमिक पाउनेछन् ।

संम्बन्धित समचार

Leave a Reply