नेकपा (एस) प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राई चयन

भाद्र २८,काठमाडौँ ।नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राई चयन भएका छन् । सोमबार बसेको संसदीय दलको बैठकले राईलाई दलको नेता चयन गरेको हो । एमाले विभाजन भएसँगै निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) रोजेका १० प्रदेश सभा सदस्यलाई मान्यता दिएसँगै सो पार्टीको दलको बैठक बसी संसदीय दलको नेतामा राईलाई चयन गरिएको हो ।

‘बैठकबाट हामीले राजेन्द्रजीलाई दलको नेता चयन गरेका छौं’, समाजवादीका अर्का सांसद राजन राईले भने, ‘आज प्रदेशसभामा दलको नेता चयन र भीम आचार्य नेतृत्वको सरकारलाई समर्थन नरहेको जानकारी सहितको पत्र पठाउने छौं ।’

 

संम्बन्धित समचार

Leave a Reply