नेकपा (एस) बागमतीको संसदीय दलको बैठक सकियो,नयाँ सरकार गठनको जिम्मा पाण्डेलाई

भदौ २८, काठमाडौँ । नेकपा एकिकृत समाजवादी पार्टीले बाग्मति प्रदेश संसदीय दलको उपनेतामा कृष्ण प्रसाद खनाललाई चयन गरेको छ । बागमती प्रदेश संसदीय दलको आज बसेको बैठकले खनाललाई सर्वसम्मत चयन गरेको हो ।

हेटौडास्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले ४ बुदे निर्णय गर्दै बागमती प्रदेश सभामा दलको प्रमुख सचेतकमा मुनु सिग्देल र सचेतकमा बसुन्धारा हुमागाईलाई सर्वसम्मत चयन गरेको छ ।

त्यस्तै बाग्मतिमा नयाँ सरकार गठन गर्न गठबन्धनमा रहेका दलहरु संग छलफल गर्ने जिम्मा दलका नेता राजेन्द्र पाण्डेलाई दिने निर्णय गरेको छ । तीन दलीय गठबन्धनको सरकार गठनपछि बन्ने सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा तयारीको जिम्मा भने माधब प्रसाद पौडेल, बसन्त मानन्धर, मिना ज्ञवाली र बसुन्धारा हुमागाईलाई दिइएको छ ।

नेकपा एमालेको प्रदेश सभामा ५६ सांसदमध्ये १३ सांसद एस आएपछि बाग्मतिको सरकार अल्पमतमा परेको छ । मुख्यमन्त्री अष्तलक्ष्मी शाक्यको सरकार अल्पमतमा परि बहुमत गुमाईसकेकोले बर्तमान सरकारले विकासमा नयाँ कार्यक्रम स्वीकृत गर्न, निश्चीत शर्तका आधारमा वितरण गर्न राखिएको अबण्डाका रकम निकासा नर्गन र आर्थिक अनुशासनलाई कायम गर्न मुख्यमन्त्री तथा मुख्यमन्त्रीको कार्यालयलाई प्रत्राचार गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

संम्बन्धित समचार

Leave a Reply