कृषि उद्यम केन्द्रले १०० किसान अवधारणा ल्याउदै ! सुमार्गी भन्छन्-‘यो कृषिमा गेमचेन्जर कार्यक्रम हो”

भाद्र २८,काठमाडौँ । नेपाल उद्योग बाणिज्य महासंघ अन्तर्गत रहेको कृषि उद्यम केन्द्रले १०० किसान कार्यक्रम अवधारणा अघि सारेको छ । केन्द्रका सभापति अरुणराज सुमार्गीले देशभरबाट कम्तिमा १०० जना व्यवसायिक किसान/उद्यमी पहिचान गरी संस्थामा आवद्ध गराउने उदेश्य अनुसार सो कार्यक्रम अघि सारिएको अनलाईन केन्द्रलाई बताए ।

सुमार्गीले उद्योग बाणिज्य महासंघ अन्तगर्त रहेको कृषि उद्यम केन्द्र नितान्त किसानहरुको संस्थ भएको आभास गराउन सो कार्यक्रम अघि सारिएको बताए । १०० किसान संस्थामा आवद्ध भएपछि किसान/उद्यमी –व्यक्ति वा संस्था हरुलाई केन्द्रले तिनिहरुको व्यवसायिक विविधिकरण गरी विस्तार गर्ने साथै बजार प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्न सार्वजनिक–निजी साझेदारी अवधारणा अनुसार व्यवसायिक क्रियाकलापहरु संचालन गर्न सहयोग गर्ने सुमार्गीले बताए । सुमार्गीले आफ्नो अवधारणा कार्यान्वयन भएरै छोड्ने र त्यसको लागि थप कामहरु अघि बढिसकेको बताए । उनले भने–’यो कृषिमा गेमचेन्जर कार्यक्रम हो, म काममा विश्वास गर्छुु, कार्यक्रमलाई कार्यान्वयनमा लैजाने अन्तिम तयारी भइरहेको छ, यो कार्यक्रमलाई थप व्यवस्थित बनाउन सरकारसंग पनि सहकार्यको प्रयास भइरहेको छ’

संलग्नताको लागि के–के चाहिन्छ योग्यता ?

सो कार्यक्रम नेपालभित्र बसोबास गर्ने कृषि व्यवसायमा संलग्न र कानुनसंगत व्यवसाय संचालन गरिरहेको तथा नेपाल उद्योग बाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम केन्द्रले तयार गरेको मापदण्ड पुरा गर्ने जुनसुकै व्यक्ति वा संस्था आवद्ध हुनसक्ने सुमार्गीले बताए । उनले यो कार्यक्रमबाट न्युनतम एक जिल्लाबाट एक किसान समावेश हुनेगरी ७७ वटै जिल्लाको सहभागिता रहने बताए । कार्यक्रमलाई थप प्रभावकारी बनाउदै लैजादा यसको समुह थप बढ्न सक्ने उनको भनाई थियो ।

कसरी हुन्छ किसान छनौट ? मापदण्ड के–के हुनेछ ?

केन्द्रले उत्कृष्ट किसान÷उद्यमी पहिचानका लागि विभिन्न मापदण्ड लागु गर्ने बताइएको छ । जसअनुसार नेपालका ७७ वटै जिल्लाहरु मध्ये हरेक जिल्लाबाट कम्तिमा १ जना छनौट हुनेगी सुनिश्चित गर्ने , स्ंवयमको वा भाडामा लिएको जग्गामा व्यवसायिक कृषि सञ्चालन गरिरहेको हुनपर्ने , पशुपालन व्यवसाय अन्तर्गत बाख्रा/भेडा/च्याङ्ग्रा/बंगुर,सुंगुर/गाईभैसी/कुखुरा/हाँस लगायतका पशुपंक्षीहरु आदी पालन गरी फार्म संचालन गरिरहेको हुनुपर्ने, स्थानीय स्तरमा रोजगारी सिर्जना गरी रोजगारी दिइरहेको हुनुपर्ने लगायतका मापदण्डहरु रहने सुमार्गीले जानकारी दिए ।

१०० किसान कार्यक्रमलाई प्रभावकारी बनाउन केन्द्रले विभिन्न सेवाहरु पनि दिने सुमार्गीले बताए । उनले व्यवसायिक सिपज्ञान अभिबृद्धी, देशविदेशमा प्राविधिक ज्ञान हासिल गर्ने अवसर दिने,बस्तु विकासमा सहजिकरण गर्ने, व्यवसाय विश्लेषण र व्यवसायिक योजना विकास गर्ने, बजार सुचना प्रवाह गर्ने तथा बजार बिस्तारमा सहजिकरण गर्ने लगायतका सेवा प्रदान गर्ने उनको भनाई थियो ।

 

संम्बन्धित समचार

Leave a Reply