एभर्टनले बर्नलीलाई हरायो

भदौ २९, काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले बर्नलीलाई हराएको छ । सोमबार राति एभर्टनले घरेलु मैदानमा बर्नलीलाई ३–१ गोल अन्तरले हराएको हो ।

एन्ड्रोस टाउनसेन्ड्सको उत्कृष्ट गोलसंगै एभर्ट जिततर्फ अग्रसर भएको थियो ।

सुरुवाती अग्रता भने पाहुना टोली बर्नलीले ५३ औं मिनेटमा बेन मिको गोलमा लिएको थियो । त्यसको ७ मिनेटपछि माइकेन केनले हेडमार्फत एभर्टनका लागि बराबरी गोल फर्काएका थिए ।

त्यसको ५ मिनेटपछि एभर्टनका विङ्गर टाउनसेन्ड्सले गुडसिन पार्कमा २५ यार्डबाट गोल गर्दै एभर्टनलाई अग्रता दिलाएका थिए । लगत्तै अर्को मिनेटमा अब्दुलाय डौकौरेले गोल गर्दै एभर्टनको जित सुनिश्चित गरे ।

राफेल बेनिटेजनको टिम एभर्टनले यस सिजन शानदार सुरुवात गरेको छ ।

शीर्ष स्थानमा रहेका म्यानचेस्टर युनाइटेड, चेल्सी र लिभरपुलसंग अंक बराबरी गरेको छ । बेनिटेजको टिमले यस सिजन अपराजित रहदै १० अंक जोडेको छ । बर्नली जित विहिन रहदै रेलिगेशन जोनमा छ ।

संम्बन्धित समचार

Leave a Reply