बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु

भदौ २९, नवलपरासी पूर्व । महेन्द्र राजमार्गअन्तर्गत गैंडाकोटको थुम्सीमा बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा २७ जना घाइते भएका छन् । मृतकहरूको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

डीएसपी दिलिप गिरीका अनुसार दुर्घटनामा ट्रक चालक र बस चालकसहित २७ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको चितवनमा उपचारका क्रममा मृत्यु भएको डीएसपी गिरीले बताए । त्यस्तै घाइतेमध्ये ३ जनाको गम्भीर रहेको उनले जानकारी दिए ।

मंगलबार बिहान काँकडभिट्टादेखि महेन्द्रनगरतर्फ जाँदै गरेको सु १ ख ११२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७१२६ नम्बरको ट्रक ठोक्किएका हुन् । थुम्सीको २३ स्मृति पुलनजिक निमार्ण हुँदै गरेको डाइभर्सनमा गाडी ठोक्किएर तल खसेको थियो ।

संम्बन्धित समचार

Leave a Reply