तालिबान गरे पन्जशिरमा २० सर्वसाधारणको हत्या

भदौ २९, एजेन्सी । तालिबानले पन्जशिर उपत्यकामा कम्तीमा २० जना सर्वसाधारणको हत्या गरेको खुलेको छ ।

पन्जशिरमा नेशनल रेसिस्टेन्स फ्रन्ट ९एनआरएफ० र तालिबान लडाकुबिच भिडन्त हुँदै आएको छ । तालिबानले उपत्यकाको सञ्चार सम्पर्क विच्छेद गरेको र कम्तीमा २० सर्वसाधारणको हत्या गरेको पुष्टि भएको बिबिसीले जनाएको छ ।

एक भिडियोमा पान्जशिरको सडकमा सैन्य पोशाक लगाएका एक व्यक्तिलाई तालिबान लडाकुले घरेको र उनीमाथि गोली प्रहार गरेको देखिन्छ । गोली लागेर ती व्यक्ति ढलेको भिडियोमा देखिन्छ । मारिएका ती व्यक्ति आर्मी हुन् या होइनन् भन्ने खुलेको छैन ।

पन्जशिरमा सैन्य पोशाक सामान्य मानिन्छ । भिडियोमा स्थानीय बासिन्दाहरुले ती व्यक्ति सर्वसाधारण रहेको बताएका छन् । पन्जशिरमा त्यसरी कम्तीमा २० जनाको हत्या भएको आफूले पुष्टि गर्न सकेको बिबिसीले उल्लेख गरेको छ ।

यसरी मारिनेमा अब्दुल सामी नाम गरेका व्यक्ति पनि छन् । स्थानीय पसले उनका दुई सन्तान छन् । तालिबान उपत्यकामा अघि बढ्दै गर्दा ती व्यक्तिले आफू सामान्य पसले रहेको र युद्धसँग कुनै सरोकार नरहेको बताएका थिए । तर तिनै व्यक्तिको तालिबानले हत्या गरेको हो ।

एनआरएफका लडाकुलाई सिमकार्ड बेचेको आरोपमा तालिबानले उनलाई नियन्त्रणमा लिएर हत्या गरेको हो । उनलाई तालिबानका लडाकुले नियन्त्रणमा लिएको केही दिनपछि हत्या गरी शव घर नजिकै फालेका थिए ।

प्रत्यक्षदर्शीका अनुसार उनलाई गम्भीर यातना दिएर मारिएको हुन सक्ने देखिन्छ ।

गएको अगस्ट १५ मा तालिबानले काबुलसहित अफगानिस्तानका अरु क्षेत्रमा नियन्त्रण कायम गर्दा पान्जशिर भने कब्जामा आएको थिएन ।

तर गएको हप्ता तालिबानले पान्जशिरमा आफूले विजय प्राप्त गरेको घोषणा गरेको थियो । तर एनआरएफले आफ्नो लडाईँ जारी राख्ने बताएको छ ।

संम्बन्धित समचार

Leave a Reply